वर्षा अभाव र डढेलोले वायु प्रदूषण चुलियो, स्वास्थ्य मन्त्रालयको सावधानी अपनाउन आग्रह

257 Shares

काठमाडौं । सोमबार पनि काठमाडौं उपत्यकाको वायु गुणस्तर अति अस्वस्थकर अवस्थामा रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) को मापनअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने तेस्रो स्थानमा पाकिस्तानको लाहोर परेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार AQI ०–५० बीचमा हुँदा स्वस्थ मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, २०१–३०० अत्यधिक अस्वस्थ, र ३०१ भन्दा माथिको सूचकाङ्क खतरनाक मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लामो समयदेखि वर्षा नहुनु र वन डढेलोका कारण वायु प्रदूषण उच्च बनेको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु गुणस्तर अत्यधिक अस्वस्थकर सूचिमा परेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ । चिकित्सकहरूले यस्तो अवस्थामा विशेषगरी बिहान र साँझको समयमा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

सबै