यी प्रदेशमा छ वर्षाको सम्भावना

209 Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम अहिले मुख्यतः सफा रहेको छ ।

आज (सोमबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम रहने अपेक्षा गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ ।

त्यस्तै, तापक्रम क्रमशः बढ्दै जाने सम्भावना रहेको छ भने वर्षाको सम्भावना न्यून रहेकोले सुख्खा अवस्था, आगलागीको जोखिम र वायू प्रदूषण बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

सबै