32
Shares

ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई सेवा पुनः शुरू भएको छ ।
सुकेटार विमानस्थलमा उडान गर्ने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम हप्तादेखि नियमित उडान बन्द भएको थियो । गएको शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो ।
काठमाण्डौबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङबाट ६ जनालाई काठमाण्डौ फर्किएको सुकेटार विमानस्थलले जनाएको छ ।
सुकेटर विमानस्थलमा केही वर्षअघि सीता एअर र तारा एअरले पर्यटकीय याममा उडान गरेका थिए । अहिले उनीहरूले सेवा बन्द गरेका छन् ।