आज राति कोशी र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली, अन्यत्र मौसम सफा रहने

148 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै