नेपाल सुपर लिगमा झापा र काठमाण्डौ गोलरहित बराबरी खेले

283 Shares

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क पुर्‍याएका छन् ।

जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि काठमण्डौले ललितपुर सिटी एफसीसँगको खेलमा २–२ गोलको बराबरी खेलेको थियो । झापाले भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।

सम्बन्धित समाचार

सबै