नेपाल प्रहरीका ७९ प्राविधिक हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

272 Shares

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ कार्यरत ७९ जना प्रहरी हवल्दारहरूलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगीततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फका ४ जना, केनाईन (कुकुर शाखा) तर्फ १ जना, सूचना प्रविधि (कम्प्युटर) तर्फ १ जना र विधिविज्ञानतर्फ १ जनालाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, उक्त सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ बमोजिम प्रकाशित गरिएको हो ।

सम्बन्धित समाचार

सबै