नगर प्रहरीको अवरोध हटाउँदै कार्यालय पुगे प्रशासकीय अधिकृत गुरागाईं

39 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि बिहीबार कार्यालय पुगेका छन्। पौने १२ बजे नगर प्रहरीको अवरोध हटाउँदै उनी केही जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका हुन्।

नगर प्रहरीले रोक्न खोजे पनि उनलाई स्वागत गर्न बसेका कर्मचारीले कार्यालय प्रवेश गराएका थिए। सरसफाइ कर्मचारी संगठनका मचाबाबु महर्जनले कार्यकारी अधिकृत नहुँदा तलब नपाएर समस्यामा परेको गुनासो गरे।

यसअघि अनियमितताको आरोपमा पुस ५ गतेदेखि कार्यालय प्रवेशमा रोक लगाइएका गुरागाईंको स्वागतमा महानगरकी उपमेयर सुनिता डंगोलसहित अन्य जनप्रतिनिधि र कर्मचारी खडा भएका थिए। उपमेयर डंगोलले पहिले नै प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने अडान लिएकी थिइन्।

सम्बन्धित समाचार

सबै