163
Shares
काठमाडौं – नेपाल सुपर लिग २०२५ मा साविक विजेता ललितपुर सिटी एफसी ले पहिलो जित हात पारेको छ। त्रिपुरशेवरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३-२ गोलअन्तरले हराएको हो।
यो जितपछि ललितपुरले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्कतालिकामा शीर्ष स्थान हासिल गरेको छ। पोखराको यो लगातार दोस्रो हार हो र उनीहरूले दुई खेलबाट अङ्क विहीन रहेका छन्।
ललितपुरका लागि जोनाथान कान्टिलानाले दुई गोल तथा इमोह इजेकेले एक गोल गरे। पोखराका लागि समिर तामाङ र जोए आइडुले एक-एक गोल गरे। खेलमा केही विवाद उत्पन्न भएपछि केहीबेर खेल रोकिएको थियो।
आजको खेलमा झापा एफसी र काठमाण्डौ रेजर्स भिड्नेछन्।