काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा देखिएको वायु प्रदूषणका कारण लागेको बादल हट्न अझै केही दिन लाग्ने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको जनाइएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार भोलि (शुक्रबार) देखि वायुको वेग बढ्ने सम्भावना रहेकाले क्रमशः वायुको गुणस्तरमा सुधार आउने र आकाश खुल्ने अपेक्षा गरिएको छ ।
हाल उपत्यकामा वर्षा हुने सम्भावना नरहेको तर विस्तारै बादल हट्ने संकेत देखिएको उनले जानकारी दिइन् । बुधबारको तुलनामा आज तापक्रम केही घटेको भए पनि भोलिदेखि तापक्रम क्रमशः वृद्धि हुने उनको भनाइ छ ।







