प्रहरीको सफाइ : तीनकुनेमा भिड नियन्त्रण गर्न गोली चलाउनुपर्‍यो

194 Shares

नेपाल प्रहरीले तीनकुने घटनाका क्रममा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको स्पष्ट गरेको छ । चैत १५ गते तीनकुनेमा भएको घटनाबारे आज प्रहरी क्लब, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सफाइ दिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, उक्त दिन दिउँसो २:५४ बजे भिड नियन्त्रण गर्न गोली चलाइएको थियो । उनले भने, “सबै उत्तेजित भिडका कारण घटना घट्यो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनु परेको हो।”

राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजक आगोमा परेर जलेका थिए भने कीर्तिपुरका सविन महर्जनलाई गोली लागेको थियो । यस घटनामा अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरीले आलोचना खेपिरहेको छ ।

सम्बन्धित समाचार

सबै