आज पनि मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

256 Shares

काठमाडौं । आज (आइतबार) देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा आंशिकदेखि मुख्यतः सफा मौसम रहेको छ। तराईका केही क्षेत्रहरूमा हुस्सु लागेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले स्वास्थ्य, यातायात र जनजीवनमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै