मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान निर्माणका क्रममा जनताले हिन्दु राष्ट्रको पक्षमा दिएको रायलाई बेवास्ता गरिएको आरोप लगाए।
‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा थन्क्याइएको छ। खोलियोस् त, ८० प्रतिशतभन्दा बढी जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेका थिए,’ सांसद गिरीले भने।
उनका अनुसार नेपाललाई हिन्दु राष्ट्र बनाउने चाहना धेरैको रहेको छ, र अहिले पनि त्यसबारे पुनः विचार गर्न आवश्यक छ।











