अर्घाखाँची बस दुर्घटना : ४ जनाको मृत्यु, २७ जना घाइते

209 Shares

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका–२ स्थित भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार, दुर्घटनामा रुपन्देही बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, उहाँकी ६५ वर्षीया सासु (पहिचान खुल्न बाँकी) र पश्चिम नवलपरासी बर्दघाटका ४५ वर्षीय चालक मदनकुमार विकको मृत्यु भएको हो।

सुपा मन्दिर दर्शन गरी नवलपरासी फर्कंदै गरेको बस अनियन्त्रित भई करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ भने अन्यको उपचार प्राथमिक स्वास्थ्य केन्द्र, ठाडामा भइरहेको छ।

सम्बन्धित समाचार

सबै