220
Shares
काठमाण्डाै – काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । गाैतम बैंकिङ कसूरको मुद्दामा आज बिहान पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी अपीलराज बोहोराले जानकारी दिनुभयो ।
प्रहरीले गाैतममाथि थप अनुसन्धान अघि बढाएको छ । उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।