हरिवंशले गरे कुलमान हटाउने निर्णयको विरोध, के भने ?

376 Shares

काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कुलमान हटाउने निर्णय गतल भएको उनले बताएका छन् ।

“कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो,” उनले लेखेका छन् ।

कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको छ ।

सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

सबै