चट्याङसहित वर्षाको सम्भावना

90 Shares

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा हिमपात पनि हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार

सबै