मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ। ‘अर्मेनिया गणतन्त्रका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश–पत्रमार्फत काठमाडौँ उपत्यकामा रहनेगरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावलीबमोजिम अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विसं २०१८ मा दाङमा जन्मिएका ऊर्जा व्यवसायी मल्ल बुटवल पावर कम्पनी लिमिटेडका पूर्व महाप्रबन्धक हुन् । उनले नर्वेबाट जलविद्युत् विषयमा स्नातकोत्तर गरेका छन् । नियुक्तिपश्चात् नेपालस्थित अर्मेतियाका अवैतनिक वाणिज्य दूत र परराष्ट्र मन्त्रालयका अधिकारीबीच द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।