चलचित्र हेर्न जान्छन् मेयर बालेन, तर प्रतिक्रिया दिन्नन्

161 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कहिलेकाहीँ चलचित्र हेर्न जान्छन्, तर उनले हेरेका फिल्मबारे कहिल्यै सार्वजनिक रूपमा प्रतिक्रिया दिँदैनन्। अन्य नेताहरूजस्तै चलचित्रबारे बोलेर मिडियामा आउने प्रवृत्ति उनको छैन।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेतृ रामकुमारी झाँक्री, राप्रपाका नेता ज्ञानेन्द्र शाहीजस्ता नेताहरू फिल्म हेरेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गर्छन्। तर, बालेनको हकमा भने समाचारमा उनको उपस्थिति मात्र आउँछ, धारणा आउँदैन।

उनले पछिल्लोपटक ‘लाज शरणम्’ चलचित्र हेरेका थिए, जसमा उनले ‘नेपाल हाँसेको…’ बोलको र्‍याप गाएका छन्। चलचित्र हेरेपछि उनले सिताराम कट्टेल ‘धुर्मुस’को चरित्रको तारिफ मात्र गरे, तर फिल्मबारे समग्र प्रतिक्रिया दिएनन्।

बालेन चिनेका निर्माता, निर्देशक वा कलाकारको आग्रहमा मात्र फिल्म हेर्न जान्छन्। उनी चलचित्र हलमा गए पनि सञ्चारमाध्यमबाट टाढै रहन्छन्। चलचित्रबारे सामाजिक सञ्जालमा राम्रो वा नराम्रो केही लेख्दैनन्, जसले निर्माता-निर्देशकलाई भने अन्योलमा पार्ने गरेको छ।

सम्बन्धित समाचार

सबै