काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज दिनभर विद्युत अवरुद्ध

56 Shares

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानमा आज (शनिबार) दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी, बानेश्वर, र पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा रोकिनेछ।

विद्युत अवरुद्ध हुने स्थान र समय:

  • जोरपाटी वितरण केन्द्र: मुलपानी फिडर अन्तर्गत मुलपानी–साझाबारी आसपासका क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। एचटी लाइन स्थानान्तरणका लागि फिडर सटडाउन गरिनेछ।

  • बानेश्वर वितरण केन्द्र: इमाडोल फिडर अन्तर्गत कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ। यहाँ एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउन गरिनेछ।

  • पुल्चोक वितरण केन्द्र: कुपनडोल फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल क्षेत्रहरूमा मध्याह्न १२ देखि दिउँसो २:३० बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

नेपाल विद्युत प्राधिकरणले काम निर्धारित समय अगावै पूरा भएमा विद्युत आपूर्ति छिट्टै सुचारु हुन सक्ने जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै