मन्त्री यादव : पानीका मुहानमा राजनीति अन्त्य गर्छौं

198 Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरूमा भइरहेको राजनीति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले एक वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको बताए। सरकार यस्तो समस्या समाधान गर्न लागि परेको भन्दै उनले सुकेका खानेपानीका मुहानहरूलाई पुनर्जीवित गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरिने उल्लेख गरे।

उनका अनुसार, अहिले २७ प्रतिशत जनसंख्या मात्र स्वच्छ खानेपानीको पहुँचमा रहेको छ, जसलाई आगामी एक वर्षभित्र ५७ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने विषयमा सरकार दृढ रहेको उनले स्पष्ट पारे।

सम्बन्धित समाचार

सबै