बाजुरामा भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण, मनसुन पीडितका लागि पनि राहत

307 Shares

बाजुरा । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता रकम सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट प्राप्त रकम नौमध्ये सात पालिकाका भूकम्पपीडितलाई वितरण गरिनेछ ।

जिल्लामा कूल तीन करोड ६८ लाख २५ हजार रुपैयाँ आएको छ, जसअन्तर्गत त्रिवेणी नगरपालिकाले २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकाले ८६ लाख, बूढीनन्दा नगरपालिकाले १३ लाख ५० हजार, गौमूल गाउँपालिकाले १३ लाख ७५ हजार, खप्तड छेडेदहले दुई करोड २४ लाख ७५ हजार, र स्वामीकार्तिक खापर गाउँपालिकाले दुई लाख २५ हजार प्राप्त गर्नेछन् ।

हिमाली र जगन्नाथ गाउँपालिकाको भूकम्प प्रभावित विवरण अद्यावधिक नभएकाले ती पालिकाका पीडितलाई रकम उपलब्ध नगरिएको जनाइएको छ । साथै, मनसुनजन्य विपद् प्रभावितका लागि पनि राहत रकम प्राप्त भइसकेको र प्रभावित पालिकामा पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित समाचार

सबै