64
Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) देशका केही स्थानमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।
त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
विभागले वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।