
काठमाण्डाै – शहरी विकास मन्त्रालयले आउँदाे वैशाख २४ गतेभित्र कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण मैनालीले याे जानकारी दिनुभएकाे छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतकाे सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपकाे प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि ठेकेदार कम्पनीसँग यही फागुनमा सम्झौता गरेकाे थियाे ।
त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणका लागि काठमाण्डाैकाे टङ्गालमा रहेकाे बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएकाे थियाे । यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको गुसिङ्गलमा रहेको विशाल–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएको थियाे ।