मोरङमा आगलागीमा परी ३ वर्षीया बालिकाको ज्यान गयो

147 Shares

काठमाण्डाै – मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको ज्यान गएको छ ।

स्थानीय मोहम्मद हानिफका ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विद्युत् चुहावटका कारण आज दिउँसो आगलागी हुँदा ९ वटा घर जलेका प्रहरीले जनाएको छ । अहिले आगो निभाइएको छ ।

यसैबीच खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो फैलिँदा एक विद्यालय र नौ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

सम्बन्धित समाचार

सबै