
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायु को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम सफा छ ।
आज (मंगलबार) दिउँसो देशभर आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना छ ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा पनि गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी र मधेस प्रदेशमा अपराह्नतिर हुरीबतास चल्न सक्ने भएकाले स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।