309
Shares
अछाममा ४.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
अछाम । अछाममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (मंगलबार) बिहान ६:३० बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का अछामसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । तर, क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको पुष्टि गर्दै, विभिन्न पालिकासँग समन्वय गरेर सम्भावित क्षतिको जानकारी संकलन भइरहेको जनाएको छ ।