रामेछापमा दुई सामुदायिक वनमा आगो लगाउने दाजुभाइ पक्राउ

201 Shares

रामेछाप — दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरस्थित छहरेछाप सामुदायिक वन र लालीगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई दाजुभाइ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टोकरपुर निवासी ५० वर्षीय पदमबहादुर विक र उनका ४५ वर्षीय भाइ चन्द्रबहादुर रहेका छन्। उनीहरूले गएको शुक्रबार दुई वटा सामुदायिक वनमा आगो लगाएका थिए, जसलाई नियन्त्रणमा लिन प्रहरीले स्थानीयवासीको सहयोगमा तीन दिनसम्म प्रयास गर्नुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ। चैत महिनासँगै रामेछापका विभिन्न सामुदायिक वनमा आगलागीका घटनाहरू बढ्दै गएका छन्।

सम्बन्धित समाचार

सबै