216
Shares
काठमाडौं, चैत ४ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै, कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। यसबाट हुनसक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ।