पाँच प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना

222 Shares

काठमाडौँ – आज दिउँसोपछि देशका पाँच प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव पनि रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनीसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ।

कर्णालीका केही तथा सुदूरपश्चिमका एक-दुई स्थानमा आज बिहानै मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ। दिउँसो पनि यी क्षेत्रमा यस्तै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। हावाहुरी, मेघगर्जन र चट्याङ्गको जोखिम रहेका स्थानमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै