180
Shares
काठमाण्डाै – धनुषाकाे जनकपुरधाममा उल्लासपूर्ण रूपमा होली मनाइएको छ । स्थानीयवासीले एकअर्कालाई रङ्ग लगाइदिएर र खुशी साटासाट गरेर होली मनाएका हुन् ।
तराईका अन्य जिल्लाहरूमा होली हिजाे नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । मिथिला परिक्रमा उत्सवका कारण जनकपुरधाममा एक दिनपछि होली मनाउने चलन रहेको छ ।
नगरका विभिन्न ठाउँहरूमा मटकाफोर, जोगिरा गायनजस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन् । विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो सङ्ख्यामा आउने गर्दछन् ।