अन्तिम चरणमा पुगेको ग्वार्को फ्लाईओभरको केही भाग भत्काइयाे

64 Shares

काठमाण्डाै – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरको केही भागमा समस्या देखिएपछि ठेकेदारले भत्काएको छ ।

निर्माण सम्पन्न हुने चरणमा पुगेको फ्लाईओभरकोको केही भागमा मापदण्ड पूरा नभएको पाइएपछि भत्काउन निर्देशन दिएको सडक विभागले जनाएको छ । विभागको निर्देशन अनुसार ठेकेदार कम्पनीले झन्डै ४० मिटर भाग भत्काएको हो । शुरूमा पर्खाल खडा गरेर माटो भर्ने काम गर्दा पर्खाल नै चर्किएर भत्किन थालेको सडक विभागले जनाएको छ ।

पटक–पटक अवरुद्ध हुँदै निर्माण हुँदै गएको फ्लाईओभरको काम ८० प्रतिशतभन्दा माथि पुगेको छ । निर्माण कम्पनीले पाएको अवधि गएको मङ्सिरमै सकिएको थियो । त्यसयता कम्पनीले जरीवाना तिरेर निर्माणको बाँकी काम सक्नुपर्ने सम्झौता छ । जरीवाना तिरेर पनि चैतभित्रै काम सक्नुपर्ने थियो । तर केही भाग भत्काउनुपरेकोले काम लम्बिने भएको छ ।

सम्बन्धित समाचार

सबै