रुखले च्यापिएर दैलेखमा दुई जनाको ज्यान गयो

37 Shares

दैलेख – दैलेखमा रुखले च्यापिएर दुई जनाको ज्यान गएको छ । भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर आज ढागाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

स्थानीय छिमेकीको दाउरा काट्न गएका बेला घटना भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

सबै