गुरुङ समुदायद्वारा मे त्हलें प्रीब पर्व मनाइँदै

352 Shares

चितवन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व उत्साहका साथ मनाउँदै छन्। हरेक वर्ष फागुपूर्णिमाका दिन मनाइने यस पर्वलाई परापूर्वकालमा धनुष बाण चलाउने विद्या प्राप्त गरेको सम्झनास्वरूप मनाउने गरिन्छ।

पर्वको अवसरमा धनुष बाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल्ने जस्ता खेलकुद कार्यक्रम आयोजना गरिन्छ। खेल सुरु गर्नुअघि खुकुरीलगायत घरेलु हतियारको पूजा गरिन्छ। तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङका अनुसार सिकारी युगमा धनुष बाणको विशेष महत्व थियो। आदिमकालमा गुरुङ समुदायका महागुरुले शक्तिबाण (गुरुवाण) प्रदान गरेपछि त्यसको परीक्षण सफल भएको दिनको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको छ।

चितवनको भरतपुर–११, नौरङ्गेस्थित क्होइवो परिसरमा आज जिल्लास्तरीय धनुष बाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी पर्व मनाइने अध्यक्ष गुरुङले जानकारी दिए।

सम्बन्धित समाचार

सबै