कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

199 Shares

काठमाण्डौ – कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ४:११ बजे गएको थियो। यसको धक्का पोखरासहित कास्कीका विभिन्न स्थान तथा आसपासका जिल्लामा महसूस गरिएको थियो।

यसअघि, शनिवार बाग्लुङमा ४.१ र शुक्रवार म्याग्दीमा ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित समाचार

सबै