काठमाण्डौका संवेदनशील क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा

216 Shares

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले केही संवेदनशील क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्र आसपासमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने गरी निषेधाज्ञा लगाइएको हो।

शीतलनिवास, हरितगृह, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, प्रधानन्यायाधीश निवास तथा संसद् भवन नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र घोषित गरिएको छ।

निषेधाज्ञा अस्ति आइतवारदेखि लागू भई आगामी दुई महिनासम्म प्रभावी रहनेछ।

सम्बन्धित समाचार

सबै