देशका पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा

214 Shares

काठमाण्डौ – पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित सबै तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै