208
Shares
महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक नरहेको बताएका छन्।
आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यबाट प्राप्त गरिरहेका छन्। यस्तो अवस्थामा राजावादीहरूले सडक तताउनु आवश्यक छैन।’
राजतन्त्रभन्दा लोकतन्त्र जनमुखी रहेको दाबी गर्दै पोखरेलले विकासको प्रचारप्रसार नहुँदा शासन प्रणालीमाथि प्रश्न उठेको धारणा राखे।
कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेका विकास गतिविधिहरू आमसञ्चारले ठीक रूपमा सम्प्रेषण गर्न नसकेको बताएका छन्।
महासचिव पोखरेलले हाल मधेसी जनताको पहिलो रोजाइ नेकपा एमाले रहेको दाबी पनि गरे।