मकवानपुरमा युवतीमाथि बलात्कार आरोपमा सात किशोर पक्राउ

164 Shares

मकवानपुर – युवतीलाई बलात्कार गरेको आरोपमा सात जना १८ वर्षमुनिका किशोर पक्राउ परेका छन्।

पीडित युवतीले गएको बुधवार दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरूलाई पक्राउ गरेको हो। युवतीको जाहेरीअनुसार घटना माघ ६ गते बिहान साढे ८ बजे हेटौँडा उपमहानगरपालिका–२ मा रहेको वनस्खण्डी मन्दिरमाथिको जंगलमा भएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै