सुनसरी जिल्ला अदालतले बराह सहकारीको अपचलन प्रकरणमा ८ जनालाई कारागार चलान गर्ने आदेश

54 Shares

सुनसरी — जिल्ला अदालत सुनसरीले धरान स्थित मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

सहकारीको पौने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन भएको घटनामा २६२ जनालाई प्रतिवादी बनाएर अनुसन्धान चलाइएको थियो। पक्राउ परेका व्यक्तिहरूमा सहकारीका सञ्चालक मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल, फूलकुमारी राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर रहेका छन्।

जतनमाया, सरिता र विष्णुकुमारीलाई अदालतले जनही पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

सहकारीको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना र अपचलन गरी ठगी भएको भन्दै २६२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यसमा २१० जना ऋणीहरू पनि प्रतिवादी बनाइएको छ। 4,168 जना पीडितहरूले 281 वटा जाहेरी दर्ता गराएका थिए।

सम्बन्धित समाचार

सबै