सडक बत्ती महसूल तिर्ने लुम्बिनीका पालिका सम्मानित

44 Shares

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसूल नियमित रूपमा तिर्ने तथा बक्यौता भुक्तानी गर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरूलाई सम्मान गरेको छ।

प्राधिकरणका अनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रअन्तर्गत पर्ने पाँच गाउँपालिका र आठ नगरपालिका सम्मानित भएका छन्।

कार्यकारी निर्देशक कुलमान घिसिङले ओमसतिया, सियारी, प्रतापपुर, सरावल, सुस्ता गाउँपालिका तथा सिद्धार्थनगर, रामग्राम, बर्दघाट, तिलोत्तमा, कपिलवस्तु, सन्धिखर्क, भूमिकास्थान र रेसुङ्गा नगरपालिकालाई प्रशंसापत्र प्रदान गर्नुभयो।

यी पालिकाहरूले लामो समयदेखि बाँकी रहेको महसूल चुक्ता गरी हाल नियमित तिर्दै आएका छन्। कार्यक्रममा घिसिङले सिँचाइ प्रवर्द्धनका लागि पालिकाहरूको समन्वयमा सस्तो दरमा विद्युत् आपूर्ति गरिएको जानकारी दिनुभयो।

सम्बन्धित समाचार

सबै