विद्युत प्राधिकरणको कारण मेलम्ची पाइप फुट्यो, ४ लाख लिटर पानी खेर गयो

196 Shares

काठमाडौं: मेलम्ची खानेपानी आयोजना निर्देशनालयले थापाथलीमा पाइप फुट्नका लागि विद्युत प्राधिकरणलाई दोषी ठहराएको छ। प्राधिकरणले विद्युत् तार अन्डरग्राउन्ड गर्दै गर्दा मेलम्ची खानेपानीको पाइपमा क्षति पुर्याएको बताइएको छ।

आयोजनाका प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार, बिहान ५:२० मा पाइप फुट्दा करिब ४ लाख लिटर पानी खेर गएको र आसपासका पसलमा पानी पसेको जानकारी दिइएको छ।

यसअघि, गत माघ ३० गते बबरमहलमा पनि विद्युत प्राधिकरणले खानेपानीको पाइप फुटाउँदा सडक, सरकारी कार्यालय र निजी घर डुबानमा परेका थिए। त्यस समय केयूकेएलले विद्युत प्राधिकरणलाई दोषी ठहर गर्दै आफैं मर्मत कार्य गरेको थियो।

आयोजना निर्देशनालयले प्राधिकरणको समन्वयको अभाव र मनोमानी तरिकाले विद्युत् तार बिच्छ्याउने कार्यको आलोचना गरेको छ। अहिले ब्लास्ट भएको पाइपको मर्मत कार्य जारी रहेको छ।

सम्बन्धित समाचार

सबै