ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताएका छन् । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने । एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।
यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ । घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरहरी रेग्मीले जानकारी दिए ।











