पाल्पामा आगलागीपीडित खुलेआकाशमुनि, गाउँपालिकाद्वारा राहत वितरण

271 Shares

पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवामा आगलागीका कारण घर र गोठ जलेपछि स्थानीय पीडित खुलेआकाशमुनि रात बिताउन बाध्य भएका छन्। कुमाल बस्तीका छ घर पूर्ण रूपमा नष्ट भएपछि पीडित परिवार विस्थापित बनेका हुन्।

आगलागीबाट धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेको वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिए। घरभित्र भएका अन्नपात, लुगाफाटा, नगद तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि पीडित थप समस्यामा परेका छन्।

गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न तथा त्रिपालसहितको राहत सामग्री प्रदान गरेको छ। राहतस्वरूप एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाल वितरण गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिए। उनले प्रहरीको मुचुल्काअनुसार क्षतिको मूल्यांकन गरी आवश्यक थप सहयोग प्रदान गरिने बताए।

सम्बन्धित समाचार

सबै