देशभर तापक्रम बढ्दै, केही स्थानमा हल्का हिमपातको सम्भावना

188 Shares

काठमाण्डौ – हिउँदयाम सकिएसँगै देशभर तापक्रम बढ्न थालेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार हिजो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस रहेकोमा आज २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान छ।

विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरालगायत ठाउँमा ३० डिग्रीभन्दा बढी तापक्रम रेकर्ड भएको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिममा राति हल्का हिमपातको सम्भावना छ।

यसैबीच, बिहीवारदेखि शनिवारसम्मको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको वायुप्रदूषण घटाएको छ।

सम्बन्धित समाचार

सबै