गोली हानी हत्या प्रकरण : गुड्डु पासवान प्रहरी नियन्त्रणमा

477 Shares

काठमाडौं । २०७९ असोजको पहिलो सातामा गोली हानी हत्या गरिएका लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले काठमाडौंमा गोली हानेर नियन्त्रणमा लिएको छ।

मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि प्रहरीले २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङलाई पक्राउ गरेको थियो। हत्याको कारणबारे अनुसन्धान जारी रहँदा प्रहरी गुड्डु पासवानलाई खोजी गरिरहेको थियो।

आइतबार काठमाडौंको टोखाबाट झोर जाने बाटोमा प्रहरीले गोली चलाएर पासवानलाई नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार

सबै