काठमाडौंका केही स्थानमा विद्युत् कटौती, प्राधिकरणको जानकारी

281 Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् कटौती हुने जनाएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल चोक क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि र नयाँ पोल जडानका लागि ११ बजे देखि ४ बजे सम्म विद्युत् कटौती हुने जानकारी दिएको हो।

प्राधिकरणले ग्राहकवर्गलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै, कार्य निर्धारित समयभन्दा पहिलै सम्पन्न भएमा विद्युत् सेवा छिटो पुनः सुचारु हुने बताएको छ।

सम्बन्धित समाचार

सबै