244
Shares
काठमाण्डाै – भद्रपुर झापा गोल्डकप फुटबलको उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ । मेची रङ्गशालामा आज भएको फाइनल खेलमा भद्रपुर ब्लेजर्सले झापा–११ फुटबल क्लबलाई २–० गोलले हरायो । भद्रपुर ब्लेजर्सका कप्तान आशिष चापागाईं र सत्यम् शर्माले गोल गरे ।
उपाधि विजेता भद्रपुर ब्लेजर्सले १३ लाख र उपविजेता झापा–११ ले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । भद्रपुर झापा गोल्डकपमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका गरी १० वटा टोली सहभागी भएका थिए ।