शरद ओझा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चयन

269 Shares

काठमाडौँ – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिश समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए, जसबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो। अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ।

सम्बन्धित समाचार

सबै