सगरमाथा चढ्न १३४ जनालाई अनुमति

357 Shares

काठमाडौं — वसन्त ऋतुको आरोहण सिजनमा सगरमाथासहितका विभिन्न हिमाल चढ्न ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार बुधबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालु लगायतका हिमाल र पिक आरोहणका लागि २९७ पुरुष र ८४ महिलासहित ७५ देशका नागरिकले अनुमति प्राप्त गरेका हुन्।

सगरमाथा चढ्न मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित कुल १३४ जनाले अनुमति लिएका छन्। यस्तै, अन्नपूर्ण–१ का लागि ६ समूहका ६६, आमादब्लममा ४ समूहका ४८ र मकालुमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएका छन्।

विभागकी निर्देशक आरती न्यौपानेका अनुसार हालसम्म विभिन्न हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ बराबरको रोयल्टी संकलन भइसकेको छ।

सम्बन्धित समाचार

सबै