महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

283 Shares

काठमाडौं । महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्रलाई झिलिमिली बत्ती र फूलले सिँगारिएको छ । वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर र मृगस्थलीलगायत स्थानहरू आकर्षक सजावटले झलमल्ल बनेका छन् ।

नेपालको झन्डा आकारमा राखिएका बत्तीहरूले भक्तजनलाई आकर्षित गरिरहेका छन् । भुवनेश्वरी मार्गदेखि नै बत्ती र फूलले गरिएका साजसज्जाले पशुपति क्षेत्रको सौन्दर्य झन् बढाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार महाशिवरात्रिका अवसरमा गरिएको रंगरोगन पनि अन्तिम चरणमा पुगेको छ ।

पर्व व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ, जसअन्तर्गत नौ उपसमिति रहेका छन् । विभिन्न उपसमितिहरूले सुरक्षा, अनुगमन, स्वयंसेवा परिचालन, स्वास्थ्य सेवा, साधुसन्त व्यवस्थापन, प्रचारप्रसार, आवास–भोजन, दर्शन तथा वातावरण व्यवस्थापन जस्ता कार्यहरू अन्तिम चरणमा पुर्याइसकेका छन् ।

महाशिवरात्रि पर्वको तयारी लगभग पूरा भइसकेको कोषका सदस्य सचिव थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै